About Us

संस्थाको वर्तमान अवस्था (आ.व. 2081/082 अनुसार)

  • 👥 शेयर सदस्य संख्या: 830 (महिला 295, पुरुष 529, संस्थागत 6)
  • 💰 जम्मा शेयर पूँजी: रु. 99,11,100
  • 🏦 निक्षेप रकम: रु. 6,24,83,130.23
  • 💵 ऋण लगानी: रु. 5,74,53,868.02
  • 📈 कुल आम्दानी: रु. 81,98,841.59
  • 📉 कुल खर्च: रु. 60,78,458.14
  • 💼 कुल सम्पत्ति/दायित्व: रु. 8,14,41,509.89
  • 💹 नाफा (कर पछिको): रु. 20,20,383.39

🧑‍💼 नेतृत्व र व्यवस्थापन

  • 👤 अध्यक्ष: श्री चन्द्र प्रसाद ढकाल
  • 👥 संचालक समिति: 9 सदस्यीय (महिला 3, पुरुष 6)
  • 🧾 व्यवस्थापक: श्री निलकण्ठ गौतम
  • 👨‍💻 कर्मचारी संख्या: 3 जना

📅 संस्थाको यात्रा (संक्षेपमा)

संस्थाले स्थापना भएदेखि हालसम्म नियमित रूपमा साधारण सभा आयोजना गर्दै आएको छ। वि.सं. २०६७ देखि २०८२ सम्म १५ वटा साधारण सभा सम्पन्न भइसकेका छन्, जसले संस्थाको निरन्तर प्रगति, नीति सुधार तथा व्यवस्थापन सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएको छ।


📈 विकासको क्रम

संस्थाको सदस्य संख्या, शेयर पूँजी, निक्षेप तथा ऋण लगानी प्रत्येक वर्ष क्रमिक रूपमा वृद्धि हुँदै आएको छ। यसले संस्थाप्रति सदस्यहरूको विश्वास र संस्थाको स्थायित्व झल्काउँछ।


🌟 हाम्रो प्रतिबद्धता

हामी सहकारी क्षेत्रको उत्कृष्ट अभ्यासलाई आत्मसात गर्दै सदस्यहरूको आर्थिक उन्नति, पारदर्शी सेवा, र दीगो विकासमा निरन्तर प्रतिबद्ध छौं।

Mission

समुदायमा अरूको तुलनामा सामान्य आम्दानी गरेर पनि जीवनलाई आर्थिक रूपमा सुखी बनाउन नसकिरहेको शिक्षण पेशामा संलग्न पेशाकर्मीहरूलाई संगठित गरी सामूहिक रूपमा बचत संकलन, ऋण परिचालन गरी आय आर्जन र जीवनस्तर सुधार गर्न सक्षम तुल्याउने ।

Vision

“साङ्गठनिक सिद्धान्तमा आधारित सहकारी, शिक्षकको आर्थिक सबलीकरण हाम्रो चिनारी”

Objectives

(क) संस्थामा संलग्न सदस्यहरूमा मितव्ययिताको भावना जागृत गराई नियमित बचत गर्ने बानीको विकास गर्ने,
(ख) सदस्यहरूको व्यक्तिगत एवम् सामूहिक क्षमता अभिवृद्धि गरी स्वाबलम्बी एवम् आत्मनिर्भर समाजको निर्माणमा योगदान पुर्याउने,
(ग) सदस्यको प्राथमिक आवश्यकता र आयआर्जन क्षमताको पहिचान उत्पादनशील र आयमूलक क्षेत्रमा सदस्यमार्फत लगानी प्रबर्द्धन गरी छरिएको राष्ट्रिय पुँजीको उपयोग बढाउने,
(घ) सदस्यहरूको दैनिक जीवनककका विभिन्न क्षेत्रमा संस्थागत सहयोग पुर्याउने खालका सेवामूलक कार्यक्रमहरू सञ्चालन गरी सहकारीताको महत्त्व स्थापित हुने काम समुदायमा प्रदर्शित गर्ने,
(ङ) समुदायभित्र सामाजिक, शैक्षिक, स्वास्थ्य, पर्यावरण संरक्षण जस्ता क्रियाकलापको प्रवर्द्धन गर्ने, (च) अन्य शैक्षिक व्यवसायिक कार्यको प्रवर्द्धन गर्ने ।